दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको राजेन्द्र लिङ्देनको आरोप
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा राज्यको तर्फबाट हिंसा भड्काइएको बताएका छन् । पूर्वराजाको समर्थनमा भएको तीनकुनेको प्रदर्शनका मुख्य अगुवा दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको उनले आरोप लगाएका हुन् ।
मंगलबार बल्खुमा आयोजित विरोध सभामा उनले भने, ‘तपाईँलाई किचौँला जस्तो गरेर आएका दुर्गा प्रसाईँलाई तपाईँले पक्राउ गर्न सक्नुहुन्थ्यो तर, उनलाई ढुक्कले निकालेर पठाउनुभयो ।’ प्रसाईँलाई ढुक्कले पठाएर प्रहरीले मञ्चमा भाषण गरेर बसेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेरलाई अश्रुग्याँस बर्साएको लिङ्देनले बताए ।
लिङ्देनले आईजीपी दीपक थापालाई युवा संघको ‘सह अध्यक्ष’ बनेको आरोप लगाए । ‘अश्रुग्याँसको सेलका बोक्राहरूमा मिति गएको लेखिएको कुरा नक्कली हो ?’ प्रश्न गर्दै लिङ्देनले भने,‘प्रहरी प्रमुखले एमालेको भातृ संगठनको सदस्य भएर बोलेका छन्, प्रहरी कुनै दलको भातृ संगठन भएर बस्ने होइन ।’
नेपाल प्रहरीलाई प्रहरी नै भएर बस्न उनले आग्रह गरेका छन् । तीनकुने घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न उनले माग गरे । उनले भने, ‘फरक मत राखेकै कारण हाम्रा नेताहरूलाई हिरासतमा अपमानजनक रूपमा राखेकोलाई हामीले इखको रूपमा लिएका छौँ ।’
राप्रपाका उपाध्यक्ष मिश्रलाई हतकडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाएको उल्लेख गर्दै लिङ्देनले सरकारको त्यो व्यवहारलाई इखको रूपमा लिएको बताए । उनले भने, ‘राजा चाहिन्छ भनेकै आधारमा थुन्ने हो भने हामी लाखौँ थुनिन तयार छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण