ट्रम्प प्रशासनले फिर्ता लियो यूएनको खाद्य कार्यक्रमको फन्डिङ कटौतीको निर्णय
वासिङ्टन डीसी । अमेरिकाले न्यून आय भएका १४ देशहरूमा संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम अन्तर्गतको आपत्कालीन परियोजनाको कोष कटौती गर्ने निर्णयलाई उल्टाएको छ । मंगलबार त्यहाँको विदेश मन्त्रालयले यो निर्णय गरेको हो ।
जीवन बचाउने केही सहायता सम्झौताहरू गल्तीले रद्द भएको मन्त्रालयले बताएको छ । ‘केही कार्यक्रमहरू थिए जुन अन्य देशहरूमा गरिएको कटौतीमा झुक्किएर समावेश गरिएको थियो,’ विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकारहरूलाई भने । यसलाई फिर्ता लिइएको र पुनः लागू गरिएको पनि उनले बताए ।
तर उनले कुन कुन देशहरूमा कोष पुनर्स्थापित गरिएको छ भन्ने कुरा चाँहि खुलाएका छैनन् । ब्रुसले यो गल्ती कसरी भयो भन्नेबारे पनि कुनै स्पष्ट जानकारी दिएका छैनन् । यस विषयमा विश्व खाद्य कार्यक्रमबाट तत्काल कुनै टिप्पणी आएको छैन । ट्रम्प प्रशासनले अफगानिस्तान, सिरिया, यमन र ११ अन्य द्वन्द्वग्रस्त देशहरूमा विश्व खाद्य कार्यक्रमको आपत्कालीन परियोजनाहरूको लागि कोष कटौती गरेको थियो । यसले लाखौँको जीवन जोखिममा पारेको भन्दै सोमबार एउटा समाचार छापिएको थियो ।
यसैबिच, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अन्य प्रशासनिक अधिकारीहरूले आपत्कालीन खाद्य कार्यक्रम र जीवन बचाउने सहायता पुनर्स्थापित गरिने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति व्यवसायी एलन मस्कको सरकारी दक्षता विभाग (डज)ले अमेरिकी विदेश सहयोग नियोग यूएसएडका धेरै कार्यक्रमहरू बन्द गरेको थियो । तर ट्रम्प प्रशासनले १४ देशहरूलाई खाद्य कार्यक्रम अन्तर्गत दिँदै आएको अमेरिकी कोष कटौतीको निर्णय फिर्ता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण