कोशी प्रदेश पर्यटन वर्ष २०८२ उद्घाटन

विराटनगर । प्रदेश सरकारले महत्त्वको साथ घोषणा गरेको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ उद्घाटन भएको छ ।
तेह्रथुमको तिनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रबाट पर्यटन वर्षको उद्घाटन भएको हो । पर्यटन वर्षको उद्घाटन सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन् ।
गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा यस पटक भने गुराँस फुलेको छैन ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंह र कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीलगायतले पर्यटक आवागमनमा वृद्धि गर्न र आधार निर्माणका लागि पर्यटन वर्ष घोषणा गरिएको बताएका छन् ।
कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्त्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्त्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पुँजी निर्माण गरिने उल्लेख गरेका छन् । स्थानीय तहको सहकार्यमा कोशी पर्यटनको विकास गर्दै यो प्रदेश नमुना प्रदेशको रूपमा लैजाने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
-
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो
-
‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने पक्राउ
-
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट