विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाई
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १६ औं विश्व योगासना च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार स्वागत गर्दै बधाई दिएका छन् ।
त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले खेलाडीलाई स्वागत गर्नुका साथै सफलताका लागि बधाई दिए । टोली बुधबार स्वदेश फर्किएको थियो ।
मलेसियाको क्वाललम्पुरमा चैत २३ देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपालले विभिन्न उमेर समूह २ स्वर्ण १ रजत र ३ कांस्य गरी ६ पदक जितेको थियो ।
प्रयासजंग चौहान र प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते । अमिष पटेलले रजत तथा किरन मगर, संस्कृति चौलागाईं र सुन्दर सार्कीले कांस्य पदक हात पारे ।
विभिन्न २३ राष्ट्रका १ सय ५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ जना खेलाडी सहभागी थिए । नेपाल समग्रमा तेस्रो भएको नेपाल योग खेलकुद संघका महासचिव चूडामणि खरेलले जनाएका छन् । भारत पहिलो तथा अमेरिका दोस्रो भए ।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई पुस्करराज पन्त, संग्राम पुरी, आनन्द गैरे र दीपा पाण्डेले २ साताको प्रशिक्षण गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले जुनियर खेलाडीमा ध्यान दिन सकेमात्र राष्ट्रलाई अन्तर्राष्ट्रिय सफलता दिलाउने खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउँदै खेलाडीले जुन विधामा पदक ल्याउछ त्यसैमा विशेष जोड दिनु पर्ने सुझाए ।
स्वर्ण विजेता प्रयास र प्रत्युषाले राष्ट्रलाई स्वर्ण दिलाएकोमा खुसी व्यक्त गर्दै विश्व च्याम्पियनसिपबाट धेरै कुरा सिक्ने अवसर मिलेको अनुभव सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण