मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्रहरू भइरहेका छन् : मन्त्री गुप्ता
पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्र भइरहेको बताएका छन् ।
नेकपा एमाले वीरगन्ज महानगरपालिका नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले राजावादीको नाममा काठमाडौँमा चैत १५ गते गराइएको घटनाले मुलुकलाई अस्थिरताको बाटोतर्फ लैजान खोजिएको र त्यसका लागि अनेक खालका षडयन्त्रहरू भइरहेको बताएका हुन् ।
नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री गुप्ताले देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठुला राजनीतिक दल मिलेर सत्ता सञ्चालन गरिरहेको बताए । यो सरकारले मुलुकलाई स्थिरताको कोर्समा लगेको उनको भनाइ छ । मुलुकलाई अस्थिरतामा लैजान जति नै प्रयास गरे पनि त्यो सफल हुन नदिइने विश्वास उनले व्यक्त गरे ।
नेकपा एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने चर्चा गर्दै उनले आगामी निर्वाचनमा बहुमत ल्याएर एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबीसमेत गरे ।
‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिँदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिँदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरू प्रभावकारी ढङ्गले उठाउन सकिँदैन,’ उनले भने । देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्ने उनको भनाइ छ ।
अहिलेको राजनीतिक समीकरण मिसन ०८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेपमात्र भएको भन्दै उनले एमाले कुनै मोर्चाको पक्षमा नरहेको पनि स्पष्ट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण