इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता
आइतबार, ३१ चैत २०८१, ०६ : ००
काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता मिलेको छ । ३२ औं चरणका खेल चलिरहँदा शीर्ष स्थानको इन्टरले शनिबार राती कालियरीलाई ३-१ ले हराउँदा युभेन्ट्सले लेसेलाई २-१ ले पाखा लगायो ।
घरेलु मैदानमा इन्टरलाई जिताउन मार्को अर्नाटोभिक, लुटारो मार्टिनेज र यान बिसेकले एक-एक गोल गरे । युभेन्ट्सलाई तेस्रो स्थानमा उकाल्न टुन कूपमीनर्स र केनान यिल्दिजले गोल गरे ।
अर्को खेलमा भेनेजियाले मोन्जालाई १-० ले हरायो । योसँगै सिरी’एमा शीर्ष स्थानको इन्टरको ३२ खेलबाट ७१ अंक भएको छ भने नापोली ६५ अंकसहित दोस्रौ स्थानमा छ । यस्तै, युभेन्ट्सले एक अंकको अन्तरले एटलान्टालाई उछिनेर तेस्रो स्थानमा उक्लिएको छ । उसको ५९ अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण