दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनविरूद्ध विद्रोहको मुद्दा
सियोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले गत डिसेम्बरमा अल्पकालीन सैनिक शासन लागू गरेको अभियोगमा उनीविरूद्ध सोमबार फौजदारी मुद्दा दायर गरिने भएको छ ।
उनले डिसेम्बर ३ मा राजनीतिक गतिविधि र मिडियाको सेन्सरसिप स्थगन गर्न आदेश दिएपछि देशमा सैन्य शासन लागू गर्ने प्रयास गरेका थिए । विपक्षी सांसदहरूले मतदान गरेपछि उक्त आदेश छ घण्टामात्र चलेको थियो।
यस विनाशकारी प्रयासका लागि दक्षिण कोरियाली संसद् (नेशनल एसेम्ब्ली) ले युनलाई महाभियोग लगाएको थियो भने महाभियोगको प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । संवैधानिक अदालतले अप्रिल ४ मा उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट पूर्ण रूपमा हटाउने आदेश सुनाएको थियो ।
यद्यपि उनले राष्ट्रपतिको सबै विशेषाधिकार गुमाइसकेका छन् । अझै पनि विद्रोहको अभियोगमा उनीविरूद्ध सोमबार आपराधिक मुद्दा दायर गर्ने तयारी गरिएको छ । फेब्रुअरीमा भएको प्रारम्भिक सुनुवाइका क्रममा युनका वकिलले उनको हिरासत प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको तर्क गरेका थिए, जुन तर्कलाई अदालतले स्वीकार गरेको थियो । हिरासत प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको तर्कका आधारमा उनी पक्राउ परेको ५२ दिनपछि रिहा भएका थिए ।
हप्तौँसम्म प्रहरी र अभियोजनकर्ताविरुद्ध आवाज उठाएपछि जनवरीमा उनलाई पक्राउ गरिएको थियो । उनी राष्ट्रपति रहेकै समय पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका थिए । दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डसमेत हुनसक्छ ।
शुक्रबार ६४ वर्षीय पूर्व नेताले राष्ट्रपति निवास खाली गरी सियोलस्थित आफ्नो निजी निवासमा पुगी आफ्ना समर्थकलाई अअभिनन्दन गरेका थिए ।
‘अब, म गणतन्त्र कोरियाको एक साधारण नागरिकमा फर्कन्छु, र म हाम्रो देश र हाम्रा जनताको सेवामा नयाँ बाटो खोज्नेछु,’ उनले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेका छन् । युनलाई हटाएसँगै दक्षिण कोरियामा आगामी जुन ३ मा उनको उत्तराधिकारी चयनका लागि मध्यावधि निर्वाचन हुने भएको छ । त्यतिबेलासम्म यो देश कार्यवाहक राष्ट्रपति हान डक–सोद्वारा शासित रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण