मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास

काठमाडौँ । काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा राल्फा अभियानका सदस्य मञ्जुल, प्राध्यापक अभि सुवेदी र एलिसा एकलासले कविता सुनाएका छन् ।
शनिबार सृजनात्मकता र कला प्रवाहको उत्सवका रूपमा आभा फर क्रियटिभले आयोजना गरेको आभा काव्य लहर-८ मा उनीहरूले कविता वाचन गरेका हुन् ।
कार्यक्रमको सुरुवात अच्युतरमण भण्डारी संगीत प्रतिष्ठानका कलाकारहरूले शास्त्रीय संगीतबाट भएको थियो । जसमा प्रतिष्ठान अच्युतराम भण्डारीले तबला, परशुराम भण्डारीले सारङ्गी र सीता भण्डारी सिटारमार्फत आफ्नो प्रस्तुति दिएका थिए ।
त्यसपश्चात प्राडा अभि सुवेदी, एलिसा एकलास र मञ्जुलले क्रमशः २५र२५ मिनेटको समयावधिमा आफ्ना कविताका कवितासँग जोडिएका रोचक अनुभवहरू प्रस्तुत गरेका थिए । मञ्जुल र अभीले आफ्नो सम्बन्धका पुराना किस्साहरू सुनाउँदा माहोल रोमाञ्चक बनेको थियो ।
कविताहरूलाई थप दृश्यात्मक र प्रभावशाली बनाउँदै, हरेक कविको एउटा–एउटा कविता माथि कलाकारत्रय सुरज पराजुली, भूमिका थारू र कबिर काफ्काले भावभंगी कला (पर्फमेन्स आर्ट) प्रस्तुत गरेका थिए ।
अन्शु खनालले सञ्चालन गरेको कार्यक्रम आभा फर क्रियटिभिटीका अध्यक्ष रसिक राजको अध्यक्षता तथा राजेन्द्र भट्टको संयोजकत्वमा सम्पन्न भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक