मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास
काठमाडौँ । काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा राल्फा अभियानका सदस्य मञ्जुल, प्राध्यापक अभि सुवेदी र एलिसा एकलासले कविता सुनाएका छन् ।
शनिबार सृजनात्मकता र कला प्रवाहको उत्सवका रूपमा आभा फर क्रियटिभले आयोजना गरेको आभा काव्य लहर-८ मा उनीहरूले कविता वाचन गरेका हुन् ।
कार्यक्रमको सुरुवात अच्युतरमण भण्डारी संगीत प्रतिष्ठानका कलाकारहरूले शास्त्रीय संगीतबाट भएको थियो । जसमा प्रतिष्ठान अच्युतराम भण्डारीले तबला, परशुराम भण्डारीले सारङ्गी र सीता भण्डारी सिटारमार्फत आफ्नो प्रस्तुति दिएका थिए ।
त्यसपश्चात प्राडा अभि सुवेदी, एलिसा एकलास र मञ्जुलले क्रमशः २५र२५ मिनेटको समयावधिमा आफ्ना कविताका कवितासँग जोडिएका रोचक अनुभवहरू प्रस्तुत गरेका थिए । मञ्जुल र अभीले आफ्नो सम्बन्धका पुराना किस्साहरू सुनाउँदा माहोल रोमाञ्चक बनेको थियो ।
कविताहरूलाई थप दृश्यात्मक र प्रभावशाली बनाउँदै, हरेक कविको एउटा–एउटा कविता माथि कलाकारत्रय सुरज पराजुली, भूमिका थारू र कबिर काफ्काले भावभंगी कला (पर्फमेन्स आर्ट) प्रस्तुत गरेका थिए ।
अन्शु खनालले सञ्चालन गरेको कार्यक्रम आभा फर क्रियटिभिटीका अध्यक्ष रसिक राजको अध्यक्षता तथा राजेन्द्र भट्टको संयोजकत्वमा सम्पन्न भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण