ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण
म्याग्दी । ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पदमार्गमा पर्ने हुचिनखोलामा काठको पुल निर्माण भएको छ ।
धवलागिरि गाउँपालिकाको रु पाँच लाख अनुदान र उपभोक्ताको रु ६० हजार बराबरको श्रमदानमा ३२ मिटर लामो पुल र दुई सय मिटर पुलसम्म पुग्ने पदमार्ग निर्माण भएको हो । पुल निर्माणपछि गुर्जाका बासिन्दा र ढोरपाटन–गुर्जा पदमार्गमा यात्रा गर्ने पर्यटकलाई बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने समस्या हटेको धवलागिरि–१ गुर्जाका वडासदस्य गुनराम छन्त्यालले जानकारी दिए।
“रुघाचौरबाट आउने र हुचिनखोलाको दोभानमा बर्खामा आकस्मिक रूपमा बाढी आउने गर्छ । पुल नहुँदा खोला तर्ने क्रममा बाढीले बगाउने जोखिम थियो”, उनले भने, “गाउँमा भएको पुराना पुलको लठ्ठा झिकेर राखिएको थियो । सोही लठ्ठा तानेर काठको फल्याक बिछ्याएर स्थानीय प्रविधिबाट पुल बनाइएको हो ।”
हुचिनखोला हुँदै ढोरपाटन सिकार आरक्षको गुर्जाघाट जोड्ने पदमार्ग छ । पर्यटकका साथै स्थानीयवासीले पशुलाई गोठ लैजान, जङ्गलमा च्याउ, टुसा, जडीबुटी सङ्कलन गर्न जानका लागि हुचिनखोला तर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
-
शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन
-
झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
-
बौलाहा खोलामा मोटरेबल पुल निर्माण
-
इटालीको राष्ट्रिय फुटबल टोली सम्हाल्न पेप ग्वार्डिओलामाथि नजर
-
कतारका पूर्वअमिरको निधनमा नेपालमा मंगलबार राष्ट्रिय झण्डा आधा झुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण