सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कतारका पूर्वअमिरको निधनमा नेपालमा मंगलबार राष्ट्रिय झण्डा आधा झुकाइने

सोमबार, २९ असार २०८३, २१ : ०३
सोमबार, २९ असार २०८३

काठमाडौँ । कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दै नेपाल सरकारले मंगलबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको आइतबार दोहामा असामयिक निधन भएको थियो। 

गृह मन्त्रालयले सोमबार पूर्वअमिरको निधनप्रति शोक व्यक्त असार ३० गते नेपालभरका सबै सरकारी कार्यालय तथा कतारको दोहास्थित नेपाली राजदूतावासमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय भएको विज्ञप्तिमार्फत जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप