जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
बुधबार, ०३ वैशाख २०८२, ०५ : २७
काठमाडौं । स्पेनी क्लब बार्सिलोना युएफा च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ । मंगलबार राती दोस्रो लेगमा जर्मनीको बोरुसिया डर्टमण्डसँग ३-१ ले पराजित भए पनि बार्सिलोना समग्रमा ५-३ को जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
बार्सिलोनालाई पहिलो लेगमा निकालेको शानदार जितले अघिल्लो चरण पुर्याएको हो । पहिलो लेगमा बार्सिलोनाले ४-० को फराकिलो जित दर्ता गरेको थियो । घरेलु मैदानमा डर्टमण्डका सेरहो गुइरासी चम्किए । उनले बार्सिलोनाविरुद्ध ह्याट्रिक गरे ।
तर, भूलबस डर्टमण्डका रामी बेन्सेबेनीले आत्मघाती गोल गरेर बार्सिलोनालाई जितका लागि सघाए । अब सेमीफाइनलमा बार्सिलोनाको भेट बायर्न म्युनिख र इन्टर मिलानबीचको विजेतासँग हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण