बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रवासी नेपाली सेफहरू 'ग्लोबल स्टार अवार्ड'बाट  सम्मानित

बुधबार, ०३ वैशाख २०८२, १९ : ३५
बुधबार, ०३ वैशाख २०८२

काठमाडौँ । नव वर्ष २०८२ को अवसरमा बुधबार आयोजित कार्यक्रममा अग्रज प्रवासी नेपाली सेफहरूलाई "ग्लोबल स्टार अवार्ड" बाट सम्मानित गरिएको छ। नेपाली पाककला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान तथा सम्मानका लागि ग्लोरी मिडिया र न्यूजलाईन्स मिडियाद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न देशहरूमा कार्यरत नेपाली सेफहरूलाई सम्मान गरिएको हो । 

सम्मानित हुने सेफहरूमा क्यानडामा रहेका सेफ ज्ञानेन्द्र बञ्जारा शर्मा, दुबईमा कार्यरत पेस्ट्री तथा बेकरी सेफ ह्युमन लिम्बु, साउदी अरेबियामा रहेका पेस्ट्री सेफ सरोज सिंह थापा, अष्ट्रेलियामा कार्यरत सेफ भावि खनाल र सेफ कमल थापा, अमेरिकामा रहेका सेफ वेदप्रसाद अधिकारी र लाल तामाङ, दुबईस्थित एजुकेटिभ सेफ गोविन्द राई तथा सेफ अरुण अधिकारी, कतारमा कार्यरत सेफ सूर्य भण्डारी, युएईमा रहेका सेफ उमेश तामाङ, क्यामोन आइल्याण्डमा कार्यरत सेफ नारायण बहादुर थपलिया, अष्ट्रेलियाका सेफ सुवास थापा र अजय बज्राचार्य, तथा नेपालमै रहेका चित्र बुढा (पूर्वमा कतारमा कार्यरत) रहेका छन्।

उनीहरूलाई प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश तथा मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले अवार्ड तथा प्रमाणपत्र प्रदान गरे। यसैगरी विशिष्ट अतिथिहरू नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, पर्यटनविद् कर्ण शाक्य, नेपाल बार एशोसिएसनका अध्यक्ष विजय कुमार मिश्र, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, तथा समाजसेवी, व्यवसायी एवं गैरआवासीय अभियन्ता रुद्र शर्माले उनीहरूलाई संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए । 

ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाको सभापतित्वमा तथा न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्टको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा शुभकामना आदान–प्रदान तथा "नेपाल पर्यटन प्रवद्र्धनमा पाककला र नेपाली सेफहरूको भूमिका" विषयमा विचार गोष्ठीसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा प्रधानन्यायाधीश रेग्मीले यस्ता सम्मान कार्यक्रमहरूले नेपाली पाककला क्षेत्रका शिल्पीहरूलाई प्रोत्साहन प्रदान गर्नुका साथै नेपाली खानाको अन्तर्राष्ट्रियकरणमा सशक्त योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । 

त्यस्तै विशिष्ट अतिथिहरूले नव वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै नेपाली सेफहरूको योगदान, नेपाली खानाको समृद्ध परम्परा, र पर्यटनसँगको यसको सम्बन्धबारे चर्चा गरे।

कार्यक्रममा सम्मानित सेफहरुका तर्फबाट अरुण अधिकारी एवं नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल टानका पूर्व अध्यक्ष खुम बहादुर सुवेदी, वरिष्ठ अधिवक्ता  राजकुमार थापा, युनेस्को महासंघ नेपालका केन्द्रिय सदस्य अजय कुमार श्रेष्ठ, काठमाण्डौं उद्योग वाणिज्य संघकी सचिव सुष्मा महरा, नेपाल सेफ एशोसिएसनका पूर्व अध्यक्ष गोविन्द नरसिंह केसी, ग्लोबल नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले अन्तक्र्रिया सत्रमा धारणा राखेका थिए । कार्यक्रममा समाजसेवी रामप्रसाद न्यौपाने, घोरीवाला मार्टका चेयर पर्सन विनय घोरिवाल, एन.सि. एग्रोटेक लिमिटेडका प्रबन्ध निर्देशक दिपक न्यौपाने लगायतको उपस्थिति रहेको थियो । 
आयोजक संस्था ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझा र  न्यूजलाईन्स मिडियाका राजु भट्टले नेपाली खानाको प्रबर्धन साथै पाककला शिल्प र संस्कृतिको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप