जब सेफ अलीले भने – संजय दत्तले भियग्राको विज्ञापन गर्नुपर्छ
संजय दत्त आफ्नो बायोपिक ‘संजु’का कारण चर्चामा छन् । उनको जीवनको हरेक पाटो यो फिल्ममा छताछुल्ल हुनेछ । यसका साथै उनका साथीहरुको चर्चा पनि भइरहेको छ । सेफ अली खानसँग सेफको सम्बन्ध निकै राम्रो भएको बताइन्छ ।
सेफ र संजय एक अर्कालाई निकै सम्मान गर्छन् । दुबै परिणिती, एलओसी, एकलव्यजस्ता फिल्ममा देखिएका छन् । तर एक च्याट शोको क्रममा सेफले भियग्रा बेच्ने प्रश्नमा संजय दत्तको नाम लिएका थिए ।
सन् २००७ मा करण जोहरको चर्चित च्याट शो कफी विद करणमा सेफ अली खान र उनकी बहिनी सोहा पाहुना थिए । यतिबेला जब करणले र्यापिड फायर राउन्डमा सेफलाई कुन नायकले भियग्राको विज्ञापन गर्नुपर्छ भन्ने प्रश्नमा उनले तत्काल संजय दत्तको नाम लिएका थिए ।
संयोगवश त्यसपछि संजय दत्त र उनकी बहिनी प्रिया त्यहाँ उपस्थित भए । जब यो प्रश्नमा संजयको धारणा बुझ्ने कोसिस गर्दा उनले अन्जान तरिकाले हो र होइन दुबै भने ।
स्मरण रहोस्, फिल्म आउँदो २९ जुनमा रिलिज हुँदैन । राजकुमारी हिरानीद्वारा लिखित र निर्देशित यो बायोपिक फिल्ममा रणबीर कपुर, मनिषा कोइराला, परेश रावल, अनुष्का शर्मा, दिया मिर्जा र सोनम कपुरले काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण