ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करणमा गुजरात टाइटन्स प्ले–अफ चरणमा स्थान पक्का गर्ने अभियानमा छ । हालसम्म ६ खेल खेलेको गुजरातले चार खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।
गुजरात आठ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । आफ्ना प्रभावशाली खेलाडी ग्लेन फिलिप्स घाइते भएपछि गुजरात टाइटन्स अप्ठ्यारोमा परेको थियो ।
न्युजिल्यान्डका २८ वर्षीय अलराउण्डर फिलिप्स सनराइजर्स हैदराबादविरुद्धको खेलका क्रममा घाइते भएका थिए । त्यसपछि उनी जारी प्रतियोगिताबाटै बाहिरिइएका थिए । ग्लेन फिलिप्स घाइते भएपछि गुजरातले उनको स्थानमा श्रीलंकाली खेलाडी दासुन शनाकालाई टोलीमा स्थान दिएको छ । दासुन शनाका पनि अलराउण्डर खेलाडी हुन् ।
उनको ब्याटिङ र बलिङ दुबै उत्तिकै आक्रामक छ । दासुन शनाकालाई गुजरात टाइटन्सले ७५ लाख भारतीय रुपैयाँमा भित्र्याएको समाचारमा जनाइएको छ । उनले यसअघि एकपटक मात्र आईपीएल खेलेका छन् ।
दासुन शनाका सन् २०२३ को आईपीएलमा गुजरातकै टोलीमा थिए । त्यो सिजन उनले कुल तीन खेल खेलेका थिए । उनले टी–२० क्रिकेटमा हालसम्म दुई सय ४३ खेल खेल्दै कुल चार हजार चार सय ४९ रन बनाएका छन् । उनले टी–२० ढाँचाको क्रिकेटमा तीन शतक र १६ वटा अर्धशतक पनि प्रहार गरेका छन् ।
यसका अतिरिक्त उनले टी–२० क्रिकेटमा ९१ विकेट पनि लिएका छन् । उनले श्रीलंकाका लागि एक सय दूई टी–२० अन्तर्राष्ट्रिय खेल्दै कुल एक हजार चार सय ५६ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले ३३ विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण