पाइन्ट नलगाएको भन्दै यामी गौतमकी बहिनीलाई रेष्टुरेन्टबाट बाहिर निकालियो
बलिउड नायिका यामी गौतमकी बहिनी सुरिलीको एक भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा उनले आफूलाई एक रेष्टुरेन्टले पाइन्ट नलगाएको भन्दै निकालिदिएको बताएकी छिन् । उक्त भिडियोमा उनले सर्बियाको एक रेष्टुरेन्टको खराब व्यवहारबारे जानकारी दिएकी छिन् । सुरिली आजकाल आफ्नी दिदी यामीसँग सर्बियामा छिन् । यामी त्यहाँ सुटिङको सिलसिलामा पुगेकी हुन् ।
यामीले उनको उक्त भिडियो सुट गरेर आफ्नो इन्स्टाग्राम स्टोरीमा पनि सेयर गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार यो सर्बियाको चर्चित रेष्टुरेन्ट थियो । भिडियोमा दुई दिदी बहिनी कुरा गरिरहेको देख्न सकिन्छ । यो क्रममा यामीले सुरिलीलाई सोधिन्, ‘मिस, तिमी किन यो बारमा बसिरहेकी छौ, तिमी किन कुनै राम्रो रेष्टुरेन्टमा गइनौ ।’ यसमा सुरिली भन्छिन्, ‘किनभने मैले जिन्स लगाएको थिइनँ ।’
त्यसपछि यामीले सोध्छिन्, ‘त्यसो भए तिमीले पाइन्ट नलगाएका कारण त्यहाँबाट तिमीलाई निकालियो ?’
स्मरण रहोस्, यामीकी बहिनी सुरिली राजकुमार सन्तोषीको फिल्म ‘ब्याटल अफ सारागढी’ बाट डेब्यु गर्दैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण