‘बिग बसले मेरो यौनिकतालाई गलत तरिकाले देखाइदियो’
टेलिभिजन नायिका आश्का गोराडियाले ‘बिग बस’ ले उनको यौनिकतालाई एडिटिङ गरेर गलत तरिकाले देखाइदिएको आरोप लगाएकी छिन् ।
उनले भनिन्, ‘बिग बसमा मेरो यौनिकतालाई गलत तरिकाले देखाइयो । कार्यक्रममा यस्तो तरिकाले इडिटिङ गरियो कि मलाई लेस्बियनझैं प्रस्तुत गरियो । ’
जसका कारण आफू आमाबुवासामू लज्जित हुनुपरेको आश्काले बताइन् ।
उनका अनुसार उनको साथीलाई एलर्जीको समस्या थियो त्यसकारण उनले साथीको शरिरमा बाम लगाइदिएकी थिइन् ।
उनी भन्छिन्, ‘नेशनल टेलिभिजनमा असहज महसुस नहोस् भन्ने सोचेले मैले ब्ल्याङ्केटमुनि हात राखेर बाम लगाइदिएको थिएँ । ’
‘उक्त दृश्यलाई एडिट गरेर अर्कै तरिकाले प्रस्तुत गरियो ।’
‘म कार्यक्रममा नै भएकाले यसबारे थाहा थिएन । जब आमा भेट्न आउनुभयो तब उहाँले बताउनुभयो ।’
कार्यक्रम प्रस्तोता, उनका साथीहरु र मिडियाका केही मानिसहरुले आफ्नो समर्थनमा आएको उनले बताइन् ।
उनका अनुसार अब उनले एक ह्यान्डसम पुरुषसँग विवाह गरिसकेकी छिन् र निकै खुसी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण