पाटन क्याम्पसमा स्ववियुको खर्च विवरण माग गर्दै तालाबन्दी
आइतबार, ०७ वैशाख २०८२, २० : ०८
काठमाडौं । पाटन संयुक्त क्याम्पस स्ववियुको आयव्यय विवरण माग गर्दै वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले तालाबन्दी गरेको छ ।
स्ववियु कोषमा अनियमितता भएको हुन सक्ने आशंका गर्दै चैत २८ गते सूचना माग गरेको थियो । तर सूचना नदिएको भन्दै तालाबन्दी भएको हो ।
२०७९ सालमा निर्वाचित समितिको कामकारबाही र आयव्यय विवरण माग गर्दै संगठनले निवेदन दिएको थियो । तर विवरण उपलब्ध नगराइएपछि संगठनले क्याम्पसको स्ववियु कार्यालयमा तालाबन्दी गरेको हो । उक्त मागलाई क्याम्पसले समेत गम्भीरताका साथ नलिई बेवास्ता गरेको वैज्ञानिक समाजवादी संगठनको आरोप छ ।
संगठनले नेपालको संविधान धारा २७ मा उल्लेखित सूचनाको हक तथा सोसम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार उक्त सुचना तथा विवरणको प्रमाणित प्रतिलिपि माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण