आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन

काठमाडौँ । तत्कालीन पर्यटनमन्त्री तथा लेखा समिति सदस्य प्रेमबहादुर आलेविरुद्ध धनगढी विमानस्थल जग्गा खरिद प्रकरणका विषयामा परेको उजुरीमा सार्वजनिक लेखा समितिले पनि छानबिन अगाडि बढाएको छ ।
धनगढी विमानस्थल विस्तारका क्रममा पर्यटनमन्त्री भएको बेलामा आलेले जग्गा खरिदमा अनियमितता गरेको भन्दै वैशाख ४ गते परेको उजुरीमा समितिले छानबिन अगाडि बढाएको हो ।
समितिका सभापति ऋषिकेश पोखरेलले मंगलबार आलेमाथि लागेका आरोपबारे पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भूमि सुधार मन्त्रालयबाट आवश्यक कागजात मगाउने निर्णय गरेका छन् ।
आलेमाथि व्यक्तिगत कम्पनी खडा गरेर जग्गा खरिद गरेको आरोप लागेको छ । पूर्वमन्त्री आलेविरुद्ध धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोमा २०८१ चैत ११ गते उजुरी परेको थियो ।
उक्त उजुरी परेसँगै अख्तियारले पूर्वमन्त्री आलेमाथि छानबिन प्रक्रिया अघि बढाएको छ । आयोगले पूर्वमन्त्री आलेले धनगढी विमानस्थल विस्तारको जग्गा खरिदमा अनियमितताबारे परेको उजुरीका विषयमा मन्त्रालयसँग जवाफ माग समेत गरेको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
-
ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन
-
उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै आन्दोलन
-
पुटिनलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन प्रधानमन्त्रीको आग्रह
-
काठमाडौँ र ललितपुरमा चोरी
-
मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति गभर्नर नियुक्त हुन्छ : प्रधानमन्त्री