आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन
काठमाडौँ । तत्कालीन पर्यटनमन्त्री तथा लेखा समिति सदस्य प्रेमबहादुर आलेविरुद्ध धनगढी विमानस्थल जग्गा खरिद प्रकरणका विषयामा परेको उजुरीमा सार्वजनिक लेखा समितिले पनि छानबिन अगाडि बढाएको छ ।
धनगढी विमानस्थल विस्तारका क्रममा पर्यटनमन्त्री भएको बेलामा आलेले जग्गा खरिदमा अनियमितता गरेको भन्दै वैशाख ४ गते परेको उजुरीमा समितिले छानबिन अगाडि बढाएको हो ।
समितिका सभापति ऋषिकेश पोखरेलले मंगलबार आलेमाथि लागेका आरोपबारे पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भूमि सुधार मन्त्रालयबाट आवश्यक कागजात मगाउने निर्णय गरेका छन् ।
आलेमाथि व्यक्तिगत कम्पनी खडा गरेर जग्गा खरिद गरेको आरोप लागेको छ । पूर्वमन्त्री आलेविरुद्ध धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोमा २०८१ चैत ११ गते उजुरी परेको थियो ।
उक्त उजुरी परेसँगै अख्तियारले पूर्वमन्त्री आलेमाथि छानबिन प्रक्रिया अघि बढाएको छ । आयोगले पूर्वमन्त्री आलेले धनगढी विमानस्थल विस्तारको जग्गा खरिदमा अनियमितताबारे परेको उजुरीका विषयमा मन्त्रालयसँग जवाफ माग समेत गरेको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण