चीनले अमेरिका फिर्ता पठायो बोइङका विमान

बेइजिङ । चीनले अमेरिकालाई अर्डर दिएको विमान फिर्ता गरेको छ । ट्रम्पले चीनबाट आउने सामानमा लगाएको अतिरिक्त भन्सार महसुलको प्रतिक्रियामा चीनले विमान फिर्ता पठाएको अमेरिकी विमान निर्माता कम्पनी बोइङका हाकिमले भनेका हुन् ।
२ वटा विमान पहिला नै फकाईसकेको केली ओतबर्गले भनेका छन् । दुई देशबिच व्यापार तनावलाई हेरेर अरु विमानबारे निर्णय गर्ने देखिएको छ । बोइङले यो वर्ष चीनलाई ५० भन्दा बढी विमानको डेलिभरी गर्दै थियो ।
तर चिनियाँ कम्पनीहरूले एउटै विमानको डेलिभरी नलिने संकेत गरेका छन् । अमेरिकाले चीनबाट आउने सामानमा १४५ प्रतिशत ट्यारिफ लगाएको छ । यसको प्रतिकार गर्दै चीनले पनि अमेरिकी सामानमाथिको महसुल बढाएर १२५ प्रतिशत पुर्याएको छ ।
मंगलबार ओभल अफिसमा बोल्ने क्रममा ट्रम्पले चीनमाथि लगाइएको ट्यारिफमा उल्लेख्य कमी आउने भन्दै चीनसँगको व्यापारिक सम्बन्धमा सुधार आउनेमा आफू आशावादी रहेको बताएका थिए ।
तर ट्यारिफ विवादकै कारण चीनले विमानको डेलिभरी लिन बन्द गरेको ओर्तबर्गले भने । बोइङ अमेरिकाको सबैभन्दा ठूलो विमान निर्माता कम्पनी हो । यसले आफ्ना झन्डै ७० प्रतिशत व्यवसायीक विमानलाई अमेरिका बाहिर पठाउँछ ।
यस्तोमा चीन पठाउन बनाएर ठिक्क पारिएका ४१ थान विमानलाई बोइङले अन्तै बेच्न खोजिरहेको छ । नौ वटा विमान चाँहि बोइङको उत्पादन प्रणालीमा आइ नसकेको बताइएको छ । लिँदै नलिने ग्राहकका लागि बोइङले विमान बनाउने कामलाई निरन्तरता नदिने ओर्तबर्गले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरानबिच तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?