चीनले अमेरिका फिर्ता पठायो बोइङका विमान
बेइजिङ । चीनले अमेरिकालाई अर्डर दिएको विमान फिर्ता गरेको छ । ट्रम्पले चीनबाट आउने सामानमा लगाएको अतिरिक्त भन्सार महसुलको प्रतिक्रियामा चीनले विमान फिर्ता पठाएको अमेरिकी विमान निर्माता कम्पनी बोइङका हाकिमले भनेका हुन् ।
२ वटा विमान पहिला नै फकाईसकेको केली ओतबर्गले भनेका छन् । दुई देशबिच व्यापार तनावलाई हेरेर अरु विमानबारे निर्णय गर्ने देखिएको छ । बोइङले यो वर्ष चीनलाई ५० भन्दा बढी विमानको डेलिभरी गर्दै थियो ।
तर चिनियाँ कम्पनीहरूले एउटै विमानको डेलिभरी नलिने संकेत गरेका छन् । अमेरिकाले चीनबाट आउने सामानमा १४५ प्रतिशत ट्यारिफ लगाएको छ । यसको प्रतिकार गर्दै चीनले पनि अमेरिकी सामानमाथिको महसुल बढाएर १२५ प्रतिशत पुर्याएको छ ।
मंगलबार ओभल अफिसमा बोल्ने क्रममा ट्रम्पले चीनमाथि लगाइएको ट्यारिफमा उल्लेख्य कमी आउने भन्दै चीनसँगको व्यापारिक सम्बन्धमा सुधार आउनेमा आफू आशावादी रहेको बताएका थिए ।
तर ट्यारिफ विवादकै कारण चीनले विमानको डेलिभरी लिन बन्द गरेको ओर्तबर्गले भने । बोइङ अमेरिकाको सबैभन्दा ठूलो विमान निर्माता कम्पनी हो । यसले आफ्ना झन्डै ७० प्रतिशत व्यवसायीक विमानलाई अमेरिका बाहिर पठाउँछ ।
यस्तोमा चीन पठाउन बनाएर ठिक्क पारिएका ४१ थान विमानलाई बोइङले अन्तै बेच्न खोजिरहेको छ । नौ वटा विमान चाँहि बोइङको उत्पादन प्रणालीमा आइ नसकेको बताइएको छ । लिँदै नलिने ग्राहकका लागि बोइङले विमान बनाउने कामलाई निरन्तरता नदिने ओर्तबर्गले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण