कालो हरिणलाई मारेको बदला लिन सलमानको घरमा आएका थिए ग्यांगस्टर, दुई महिनादेखि पछ्याइरहेका
बलिउड नायक सलमान खानलाई कालो हरिण शिकार गलाको पासो बनेको छ । यसका लागि उनको हत्याको षड्यन्त्रसमेत बुनिएको छ जुन पुलिसले फेल गराउन सफल भएको छ ।
पुलिसले विश्नोई ग्यांगका ग्यांगस्टर सम्पत नेहरालाई पक्राउ गरेको छ जसले सलमानको हत्या योजना बुनिरहेका थिए । नेहराले सलमानलाई उनको घरको बाल्कोनीमा आएका बेला बन्दुक हानेर विदेश भाग्ने योजना बुनेका थिए । पुलिसका अनुसार यसका लागि उनले दुई महिनाअघि देखि योजना बनाइएको बताएका छन् ।
ग्यांगस्टर लोरेन्स विश्नोईले सलमान खानलाई कालो हरिणको शिकार गरेको भन्दै हत्या गरिदिने धम्की दिएका थिए जसका कारण सलमानको सुरक्षा बढाइएको थियो ।
गत बुधबार हरियाणाको स्पेशल टास्क फोर्सले विश्वनोई ग्यांगका सदस्य सम्पत नेहरालाई पक्राउ गर्यो ।
पुलिसका अनुसार सम्पतमाथि सलमानलाई निगरानी राख्ने र उनको हत्याको आदेश थियो । नेहराले पछिल्ला दुई महिनादेखि सलमानको प्रत्येक गतिविधीमा निगरानी राखिरहेको बताइएको छ । पुलिसका अनुसार नेहराले सलमानको मुम्बिईस्थित घरको अवलोकन गरिरहेका थिए । सलमान कहाँ जान्छन्, कहिले प्रशंसकलाई भेट्छन् । उनलाई कतिजना सुरक्षागार्डले घेरेका हुन्छन्, यी सबै कुराको जानकारी लिएका थिए ।
स्पेशल टास्क फोर्सका अनुसार सम्पतले सलमानको घरको बाल्कोनीसम्मको दुरी नापेका थिए र उनको घरका केही फोटो पनि खिचेका थिए ।
स्मरण रहोस्, कृष्णसारको केसमा सलमान खानलाई जोधपुर इलाकाले पाँच वर्षको जेल सजायँ सुनाएको छ र आजकाल उनी जमानतमा रिहा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण