'सी र ट्रम्पबिच फोनमा कुनै कुरा भएको छैन'
बेइजिङ । चीनको विदेश मन्त्रालयले सोमबार चिनियाँ समकक्षी सी जिनपिङले आफूलाई फोन गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ । मन्त्रालयले दुई देशबिच ट्यारिफ युद्ध समाधान गर्न कुनै वार्ता नभएको स्पष्ट पारेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले यो बयान त्यतिबेला आएको थियो जब ट्रम्पले गत हप्ता टाइम पत्रिकासँगको अन्तरवार्तामा सी जिनपिङले आफूलाई फोन गरेको बताएका थिए ।
‘मेरो विचारमा हालसालै दुई राष्ट्र प्रमुखका बिच कुनै फोन वार्ता भएको छैन,’ जियाकुनले नियमित पत्रकार सम्मेलनमा भनेका थिए । उनले भने, ‘म फेरि पनि भन्न चाहन्छु कि चीन र अमेरिकाले ट्यारिफको मुद्दामा कुनै परामर्श वा वार्ता गरिरहेका छैनन् ।’
व्यापार युद्धमा चीन पनि अमेरिका विरुद्ध आक्रामक बनेको छ । यस्तोमा ट्रम्पले गत हप्ता आफ्नो अडानलाई नरम बनाएका थिए । चीनबाट अमेरिका आउने सामानहरूमा लगाइएको भारी करलाई उल्लेखनीय रूपमा घटाउने तर शून्यमा नझारिने उनले भनेका थिए ।
टाइम पत्रिकालाई दिएको अन्तरवार्तामा सीले आफूलाई फोन गरेको ट्रम्पले बताएका थिए । ‘मलाई लाग्दैन कि यो उनको कमजोरीको संकेत हो ।’ कुराकानीका क्रममा अझ अगाडि उनले भनेका थिए । शुक्रबार सीएनएनले यसबारे सोध्दा उनले थप विवरण दिएनन् । ‘म यसमा टिप्पणी गर्न चाहन्न, तर मैले उनीसँग धेरै पटक कुरा गरेको छुँ ।’ ह्वाइट हाउसबाट निस्कने क्रममा ट्रम्पले भनेका थिए ।
सार्वजनिक रूपमा उपलब्ध रेकर्ड हेर्ने हो भने सि र ट्रम्पले अन्तिम पटक जनवरी १७ मा कुराकानी गरेका थिए । यो ट्रम्पको दोस्रो कार्यकाल सुरु हुनु भन्दा केही दिन अघि हो । हालैका हप्तामा ट्रम्पले बारम्बार आफ्नो प्रशासनले चिनियाँ अधिकारीहरूसँग व्यापार सम्झौताका लागि वार्ता गरिरहेको भनेका थिए । शुक्रबार, चीनको विदेश मन्त्रालयले अमेरिकालाई दुई देशबिचको व्यापार वार्ताबारे जनतालाई भ्रमित नगर्न आग्रह गरेको थियो । यो बयान ट्रम्पले टाइम पत्रिकालाई अन्तरवार्ता दिनु केही घण्टा अघि आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण