मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको सपथ कार्यक्रम स्थगित
शुक्रबार, १९ वैशाख २०८२, १० : ५७
काठमाडौँ । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । आज १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो ।
साथै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम समेत स्थगित भएको छ ।
बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण