सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

कहिले सञ्चालनमा आउँछ अवरुद्ध कान्ति लोकपथ ?

आइतबार, २१ वैशाख २०८२, ०८ : ३६
आइतबार, २१ वैशाख २०८२

हेटौँडा । काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक अवरुद्ध भएको छ। बगुवामा बनाएको बागमती खोलाको डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध भएको हो ।

आइतबार बिहानदेखिको वर्षाका कारण मकवानपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा  सवारी साधन आवतजावत गर्न  बनाएको डाइभर्सन बाटो बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सो सडक खण्ड वैशाख १८ गते देखि जेठ १ गते सम्म दैनिक ६ घण्टा बन्द गरिएको थियो । मकवानपुर तर्फको गँगटेमा बाटो चौडा पार्न भिर कटान गर्नु पर्ने भएकाले दैनिक १० बजेदेखि ४ बजेसम्म सो सडक बन्द गरिएको थियो ।

अवरुद्ध सडक खुलाउने पहल भइरहे पनि समय लाग्ने प्रहरीले जनाएको छ । हेटौँडा काठमाडौँ आवतजावत गर्न हाललाई अन्य बाटोहरू प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप