कहिले सञ्चालनमा आउँछ अवरुद्ध कान्ति लोकपथ ?
आइतबार, २१ वैशाख २०८२, ०८ : ३६
हेटौँडा । काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक अवरुद्ध भएको छ। बगुवामा बनाएको बागमती खोलाको डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध भएको हो ।
आइतबार बिहानदेखिको वर्षाका कारण मकवानपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा सवारी साधन आवतजावत गर्न बनाएको डाइभर्सन बाटो बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सो सडक खण्ड वैशाख १८ गते देखि जेठ १ गते सम्म दैनिक ६ घण्टा बन्द गरिएको थियो । मकवानपुर तर्फको गँगटेमा बाटो चौडा पार्न भिर कटान गर्नु पर्ने भएकाले दैनिक १० बजेदेखि ४ बजेसम्म सो सडक बन्द गरिएको थियो ।
अवरुद्ध सडक खुलाउने पहल भइरहे पनि समय लाग्ने प्रहरीले जनाएको छ । हेटौँडा काठमाडौँ आवतजावत गर्न हाललाई अन्य बाटोहरू प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण