कोहलीको रेकर्ड अझै ‘विराट’
बेंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५२ औँ खेलमा चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु प्लेअफको एक कदम नजिक पुगेको छ । प्रतियोगिताको कुनै पनि सिजनमा बेंगलुरुले चेन्नईलाई दुईपटक हराएको यो पहिलो अवसर थियो । चेन्नईले भने सन् २०१५, २०१८ र २०२१ मा बेंगलुरुलाई एकै सिजन दुईपटक हराएको थियो ।
शनिबारको खेलमा बेंगलुरुको जितमा विराट कोहलीले महत्त्वपूर्ण योगदान दिए । उनले मात्र ३३ बलमा ६२ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ५ चौका र ५ छक्का प्रहार गरे । प्रतियोगितामा उनको यो सिजन सातौँ र समग्रमा ६२ औँ अर्धशतक थियो । उनले योसँगै आईपीएलमा सबैभन्दा धेरै अर्धशतक बनाउने अस्ट्रेलियाका डेभिड वार्नरको कीर्तिमान बराबरी गरेका छन् ।
उनले यो सिजन ६३.१३ को औसतले ५०५ रन बनाएका छन् । उनी ओरेन्ज क्यापको दौडमा शीर्ष स्थानमा छन् । उनले यो दौडमा गुजरात टाइटन्सका साई सुदर्शनलाई पछि पारे । उनले आईपीएलको कुनै पनि सिजनमा ५ सय रनको आँकडा पार गरेको आठौँ पटक हो । यसमा पनि उनले वार्नरको रेकर्ड उछिनेका छन् । वार्नरले ७ पटक यो उपलब्धि हासिल गरेका थिए ।
खेलमा १८७.८७ को औसतले रन बनाउँदै ५ छक्का प्रहार गरेका कोहली एउटै टोलीका लागि ३ सय छक्का प्रहार गर्ने पहिलो खेलाडी पनि बनेका छन् । कोहलीले चेन्नईविरुद्ध १ हजार १४६ रन बनाएका छन् । प्रतियोगितामा कुनै पनि एक प्रतिद्वन्द्वीविरुद्ध कुनै ब्याटरले बनाएको सबैभन्दा धेरै रनको कीर्तिमान हो । यसअघि, डेभिड वार्नरले पञ्जाब किंग्सविरुद्ध १ हजार १३४ बनाएका थिए ।
शनिबारको खेलमा चेन्नईले लगातार १२ औँ पटक १८० रन वा सोभन्दा बढीको लक्ष्य पछ्याउन असफल बन्यो । यसअघि, पञ्जाब किंग्सले सन् २०१५ देखि २०२१ सम्म लगातार १५ पटक यस्तो लक्ष्य पछ्याउन सकेको थिए । बेंगलुरुले पनि सन् २०१९ देखि २०२३ सम्म १२ पटक १८० रन वा सोभन्दा बढीको लक्ष्य पछ्याउन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण