‘३४० वटा कर्जा माछा, दुध र बाख्रामा रहेछन्, अर्को गुगल र च्याट जीपीटी आउँछ जस्तो हल्ला गरियो’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले सर्टलिस्टिङ गरेको स्टार्टअप कर्जाबारे आलोचना गरेका छन् । उनले स्टार्टअपको नाममा लघु उद्यमसँग सम्बन्धित कर्जाको स्वीकृत गरेर सरकारले के–के नै गरेको जस्तो हल्ला गरेको भन्दै आलोचना गरेका हुन् ।
उनले ५ हजार आवेदनबाट १३०० भन्दा धेरै सर्टलिस्ट गरेर स्वीकृत भएको ६६१ वटा कर्जामध्ये ३४० वटा कर्जा ३४० वटा माछा, दुध, बाख्रा इत्यादिका लागि दिइएको बताए ।
‘मैले प्रधानमन्त्रीज्यूकै फेसबुक पेजमा पनि विज्ञापन गरेको देखेको थिएँ । के के न भएजस्तो नेपालमा अर्को गुगल, अर्को मेटा, अर्को च्याट जीपीटी नेपालमै जन्माउन लागेको जस्तो गरेर गरियो,’ वाग्लेले भने, ‘मैले हेर्दा ३४० वटा माछा, दुध, बाख्रा इत्यादि रहेछन् । टेलरिङमा ३३ वटा रैछ । मसला, दालमोठ, कागजको प्लेटमा ६५ वटा जति रैछ । आईटी एप्लिकेसन चाहिँ जम्म १७ वटा रैछ ।’
उनले सुदूरपश्चिमका लागि १२० वटा र बैतडीको लागि मात्रै २७ वटा परियोजना छुट्याइएको भन्दै आलोचना गरे । अहिलेका उद्योगमन्त्री दामोदर भण्डारी बैतडीका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण