गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनको माग गर्दै धर्ना

बुटवल । रुपन्देहीको भैरहवाका दर्जनौँ सङ्घ संस्थाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको माग गर्दै आज एक घण्टा धर्ना दिएका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन अघिको मूल गेटमा उनीहरुले धर्ना दिइएका हुन् ।
उद्योग व्यापार सङ्गठन रुपन्देही (चेम्बर अफ कमर्स, रुपन्देही) को आह्वानमा विरोध सभासहित धर्ना दिइएको हो । पछिल्लो समय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन छ । विमानस्थलमा उडान ठप्प हुँदा निजी क्षेत्र धराशायी भएको भन्दै दिनको एक घण्टा धर्ना कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।
धर्ना तथा विरोधसभा कार्यक्रममा सिद्धार्थ सञ्जाल, रुपन्देही, लुम्बिनी इँटा व्यवसायी सङ्घ, सोसाइटी अफ ट्राभल्स एण्ड टुर अपरेटर्स नेपाल, नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थनगर, लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ, सिद्धार्थनगर सहकारी सञ्जाल, वैदिक सनातन धर्म सेवा समिति, भैरहवा, दरखसवा गाउँ समाज, नेवा खलः सिद्धार्थनगर, किराना तथा प्लास्टिक व्यवसायी सङ्घ लगायतका सङ्घसंस्था ब्यानरसहित सहभागी भएका थिए ।
विमानस्थलका सूचना अधिकारी विनोद राउतले अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्न केन्द्रबाट पहल भए पनि कहिलेदेखि कुन कम्पनीले गर्ने यकिन भैनसकेको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका चाडपर्वले एकताको सन्देश दिएका छन् : सभामुख घिमिरे
-
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : अध्यक्ष हादाल
-
हरेक धर्ममा त्यागको ठूलो महत्व हुन्छ : उपराष्ट्रपति
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल