तीनकुने घटना : मिश्र र प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि अदालत लगियो
काठमाडौँ । तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ परेका रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको छ । सो मुद्दामा अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राप्रपाका महामन्त्री धवलशमशेर जबरा रिहा भएका थिए ।
उक्त घटनामा राज्य विरुद्धको कसुरमा पुस्कर खतिवडा, गोपाल मल्ल, मुनिन्द्रराज भण्डारी, गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुकमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाईं, विष्णु पराजुली, तेजेन्द्र रायमाझी, सन्तोष कुमार सिलवाल, सरोज गौतम, गोकर्ण शाही र दुर्गा प्रसाईंका सहयोगी दीपक खड्का लगायत २४ जना छन् ।
उनीहरुलाई सातौँपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । म्याद थपका लागि अदालतमा उपस्थित गराइएकोमा सुनुवाइ जारी रहेको र सुनुवाइपछि म्याद थप गर्ने वा अन्य आदेश हुने अदालतका शाखा अधिकृत हेमन्त भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण