पाल्पा र डडेल्धुरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौँ । पाल्पा र डडेल्धुरामा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । डडेलधुराको आलिताल गाउँपालिका–८ सुनखोलास्थित सडकमा भिनपा ००१ ह ०१२६ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–४ कैनघाडी बस्ने बिक्रम विकको छोरा ४ वर्षीय बिबेक विकको बिहीबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जोगबुढा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी भैरहेको जनाएको छ ।
त्यस्तै पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्दबाबा ड्यामसाईड नजिकै सडकमा लु १ क २५१७ नम्बरको टिपर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालक रूपन्देही सियारी गाउँपालिका–२ घर भएका २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण