रिलिज अघि विवादमा तानियो ‘संजु’, मुद्दा दर्ता
नायक संजय दत्तको बायोपिक र यस वर्षको बहुप्रतिक्षित फिल्म ‘संजु’ रिलिज अगावै विवादमा तानिएको छ । फिल्मविरुद्ध भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशन (सीबीएफसी) मा मुद्दा दर्ता गरिएको छ ।
फिल्मको एक दृश्यको विषयमा उजुरीकर्ताले आपत्ति जनाउँदै यसबारे कारवाही नगरिए अदालतको ढोका ढक्ढकाउने चेतावनी दिएका छन् ।
उजुरीकर्ता पृथ्वी मास्केले फिल्ममा जेलको ब्यारेकमा ट्वाइलेट लिकेज भएको दृश्यमा आपत्ति जनाएका छन् । ११ जूनमा सिबिएफसीका चेयरम्यान प्रसुन जोशी, फिल्म निर्माता र रणबीर कपुरलाई सम्बोधन गर्दै पत्रमा लेखिएको छ, ‘फिल्मको ट्रेलरमा संजय दत्त बसेको जेलको ट्वाइलेट ओभरफ्लो भएको देखाइएको छ । तर प्राप्त सूचना अनुसार सरकार र जेल अधिकारीले जेलको ब्यारेकको पूरा ख्याल राख्छन् । हामीले यस्तो प्रकारको कुनै पनि घटना सुनेका छैनौं ।’
उनले थपे, ‘यो दृश्यले भारतको जेल र जेल अधिकारीबारे गलत प्रचार गर्नेछ । यदि यसविरुद्ध तपाईंले कुनै एक्सन लिनुभएन भने हामीसँग माननीय अदालतमा गएर फिल्मको रिलिजमा स्टे लगाउनेबाहेक अन्य विकल्प रहँदैन ।’
राजकुमार हिरानीद्वारा निर्देशित संजु २९ जूनमा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण