रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको हो । रेसुङ्गा–काठमाडौँका लागि रु सात हजार ८० र काठमाडौंँ–रेसुङ्गा रु सात हजार दुई सय ८० भाडादर कायम छ ।
मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुनसकेको थिएन । हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए । निगमको १८ सिट क्षमताको जहाजले बिहान ६ः १० बजे काठमाडौँबाट रेसुङ्गा र बिहान ७ः १५ बजे रेसुङ्गाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण दिवसमा सन्देशमूलक नाटक
-
संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयासरत छौँ : महेश बर्तौला
-
टिजरमा यस्तो देखियो ‘यो मन त मेरो नेपाली हो’
-
भारतमा कोभिडका सक्रिय बिरामी ५ हजार नाघे
-
इन्फिनिक्सले सार्वजनिक गर्यो नयाँ स्मार्टफोन, मूल्य २५ हजार ९९९
-
एन्फाद्वारा राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षकलाई स्वागत