अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र
बुटवल । ट्रक यातायात व्यवसायीहरूको समस्याका विषयलाई लिएर अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको कम्पनी अध्ययन समितिले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २४औँ वार्षिक साधारण सभाबाट बनेको कम्पनी अध्ययन कमिटीका संयोजक पङ्कज राईले अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
उनले यातायात क्षेत्रका विभिन्न समस्याहरूलाई आगामी आर्थिक वर्षमा समाधान गर्न आग्रह गर्दे विभिन्न ४ बुद्धे ध्यानाकर्षण पत्र बुझाएको बताए।
उनले यातायात क्षेत्रका कम्पनीहरू विशुद्ध व्यवसायमुलक भएको हुँदा कम्पनी दर्ता गर्ने र अद्यावधिक गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दे उक्त सम्बन्धी केही समय अगाडी अदालतले समेत आदेश दिएको पनि उल्लेख गरेको बताए ।
कम्पनी ऐन केही दफाहरूले व्यवयासीहरुलाई अप्ठ्यारो भएकाले अव यातायात क्षेत्रको हकमा लागु गरेर शेयर धनी सङ्ख्याको सीमा नहुने गरी सम्पूर्ण आउनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
उक्त पत्रमा यातायात क्षेत्रलाई अझै व्यवस्थित बनाउन, तेस्रो पक्ष दुर्घटना बिमा सम्बोधन गर्न तथा अन्य समस्या समाधान गर्नको लागि सडक दुर्घटना प्राधिकरण स्थापना गर्न आग्रह गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण