चिर्पट प्रहार गरी श्रीमानको हत्या
मङ्गलबार, ३० वैशाख २०८२, १३ : १७

दाङ । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका-७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
संगीताले घरायसी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको थियो । यसबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण दिवसमा सन्देशमूलक नाटक
-
संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयासरत छौँ : महेश बर्तौला
-
टिजरमा यस्तो देखियो ‘यो मन त मेरो नेपाली हो’
-
भारतबाट फर्किनेमा कोभिडको जोखिम, सुदूरपश्चिममा कस्तो छ तयारी ?
-
भारतमा कोभिडका सक्रिय बिरामी ५ हजार नाघे
-
इन्फिनिक्सले सार्वजनिक गर्यो नयाँ स्मार्टफोन, मूल्य २५ हजार ९९९