सलमानदेखि बबी देओलसम्मः रेस थ्रीका लागि कसले कति पारिश्रमिक लिए ?
यस वर्ष पद्मावतपछि सलमान खानको रेस थ्री वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । रिलिज अगावै यसलाई ब्लकबस्टर मानिँदै छ । १ सय ६० करोड भारुमा बनेको यो फिल्मका लागि कलाकारले कति पारिश्रमिक लिए भन्ने कुरा चर्चामा छ । प्रशंसकले आफ्नो मनपर्ने कलाकारले कति पारिश्रमिक पाए भन्ने बारे विभिन्न अनुमान गरिरहेका छन् । यद्यपी, आधिकारिक रुपमा निर्माताले यसबारे कुनै जानकारी दिएका छैनन् । आउनुहोस्, थाहा पाऔं रेस थ्रीको स्टारकास्टको पारिश्रमिकबारे कस्ता अफवाह फैलिएका छन्, त्यसबारे जानकारी लिऔंः
स्वभाविक रुपमा रेस थ्रीमा सलमानले सबैभन्दा बढी पारिश्रमिक पाएका छन् । यद्यपी, कति रकम लिए भन्ने खुलासा भएको छैन । रिपोर्टलाई विश्वास गर्ने हो भने सलमानले फिल्मको प्रोफिट सेयर गरिरहेका छन् । उनले फिल्मको बजेटको ३५ प्रतिशत अमाउन्ट पाउने चर्चा छ ।
सलमान पछि फिल्मका लागि अनिल कपूरले बढि पारिश्रमिक लिएको बताइन्छ । खबरका अनुसार अनिल कपुरले पारिश्रमिकको रुपमा करिब ९ करोड भारु लिएका छन् । एक अन्तर्वार्तामा सलमानले पारिश्रमिकको खुलासा नगरेपनि उनले अनिल कपुरले बलिउडमा अमिताभको स्थान ओगट्ने बताएका थिए ।
बबी देओलको डुबिसकेको करियरलाई सलमान खानले बचाइदिएको खबर भारतीय संचार माध्यममा छाएका छन् । बबी देओलले रेस थ्रीका लागि ७.५ करोड भारु पारिश्रमिक लिएको भन्ने खबरले निकै चर्चा बटुलिरहेको छ ।
ज्याकलिनको पारिश्रमिक पनि निकै चर्चामा छ । धेरैजसो वेबसाइटको गसिप सेक्सनमा रेस थ्रीका लागि ज्याकलिनको पारिश्रमिक ८ करोड भारु बताएको छ ।
रेस थ्रीबाट डेब्यू गरेका साकिब सलिमले पनि १.४ करोड भारु पारिश्रमिक पाएको कुराले चर्चा बटुलेको छ ।
सलमानको नजिककी मानिने नायिका डेजी शाह फिल्मको डायलगका कारण अत्यधिक ट्रोल भइरहेकी छिन् तर डेजीको फिल्मका अन्य महत्वपूर्ण कलाकारको भन्दा बढी पारिश्रमिक भएको बताइन्छ । फिल्मका लागि डेजीलाई ५.२ करोड भारु दिएको चर्चा छ ।
फ्रेडी दारुवालालाई दुई करोड भारु पारिश्रमिकको रुपमा दिइएको विभिन्न स्रोतले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण