ओली सरकारको नयाँ प्रोजेक्ट : बन्ने भयाे पूर्व–पश्चिम जल राजमार्ग !
काठमाडौं– केपी अाेली नेतृत्वकाे सरकारले पूर्वपश्चिम राजमार्गको छेउबाट जल राजमार्ग पनि बनाउने भएको छ । खानेपानी मन्त्रालयले तराई क्षेत्रमा शुद्ध खानेपानी वितरण गर्ने अवधारणा सहित यो योजना अघि सार्ने भएको हो ।
देशका प्रमुख नदीको पानीलाई एकत्रित गरेर राजमार्गको आसपासबाट जल राजमार्ग निर्माणको सम्भाव्यता अध्ययनको कार्यलाई अघि बढाउन लागिएको खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसीले रातोपाटीलाई जानकारी दिए ।
उनले भने–‘कोसी, कमला, नारायणी, राप्ती, भेरी, बबई, कर्णाली लगायत देशका ८ नदीको पानी मिसाएर पूर्वपश्चिम जल राजमार्ग निर्माण गर्ने मन्त्रालयको योजना छ ।’
तराईमा आर्सनिक मिसिएको पानी पिउनुपर्ने अवस्था, जमिनको पानी सकिने संभावना, विश्व तापामान बृद्धी लगायतका कारण पूर्व पश्चिम तराई क्षेत्रमा स्वच्छ पिउने पानीको व्यवस्था गर्न दीर्घकालीन रणनीतिक महत्वको पूर्वपश्चिम जल राजमार्गको अवधारणा अघि ल्याइएको हो ।
खानेपानी आयोजनाहरु मध्येमा हालसम्मकै ठूलो आयोजनाका रुपमा पूर्वपश्चिम पानी राजमार्ग बन्ने उनको भनाई छ । यसबारेमा दातृनिकायहरुसँग पनि छलफल गरिने उनले बताए ।
पहाडको पानी विदेशमा
नेपालका पहाडी क्षेत्रमा प्राकृतिक मुहान, झर्ना तथा हिमाली क्षेत्रबाट आएको पानी ‘प्याकेजिङ’ गरेर विदेश पठाउन सकिनेबारे पनि संभाब्यता अध्ययन गर्न लागिएको खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसीले जानकारी दिए ।
उनले भने–‘प्राकृतिक शुद्ध पानी विश्वको सबैभन्दा महंगो पानी हुनसक्छ । अरबका धेरै देशहरुमा प्राकृतिक पानीको स्रोतको अभाव छ, त्यी देशमा नेपालले शुद्ध पानी कार्गो गरेर निर्यात गर्न सक्छ ।’
नेपालका उच्च भूभागमा पानी उद्योग विकास गर्नेबारे पनि संभाव्यता अध्ययन गर्ने र यसलाई दीर्घकालीन योजना बनाएर अघि बढ्ने उनले बताए । यो विषयलाई बजेटमा समावेश गर्न पठाएपनि दुई साता अघि प्रस्तुत बजेटमा भने समावेश नगरिएको उनले बताए । यो योजनालाई मन्त्रालयले आफ्नो प्राथमिकतामा राखेको सचिव बिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण