मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

बुधबार, ३१ वैशाख २०८२, १० : ००
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको छ ।

सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ । 

यसअघि समितिका सदस्य विश्व पौडेलले राजीनामा दिएपछि सदस्य पद खाली छ । उनको राजीनामासँगै गभर्नरमा उनकै नाम चर्चामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप