बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

बुधबार, ३१ वैशाख २०८२, १७ : ५४
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साध खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १६ओटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको मुलपानी, माकलबारी, सुकेधारा, गौरीघाट, काँडाघारी, नयाँबसपार्क, सोह्रखुट्टे, स्वयम्भु, चौमती, स्युचाटार, दरबारमार्ग, भैंसेपाटी र ठिमी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । 

आज बुझाइएका २२ ओटासहित ४ सय ३१ओटा सवारी साधन गत साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ४० ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ५८ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका

लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । आज बुझाइएका २२ ओटा सवारी साधनहरू हराएको भनी विभिन्न मितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेका थिए । 

 आर्थिक वर्ष २०७९/०८० मा ४ सय ९९ ओटा,०८०/०८१ मा ४ सय १७ ओटा र ०८१/०८२को आज सम्ममा ४ सय ३१ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप