लुम्बिनी प्रदेश सभाको बैठक सुरु, आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल प्रस्ताव
शुक्रबार, ०२ जेठ २०८२, १३ : २४
बुटवल । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको तेस्रो बैठक आज बुटवलमा सुरु भएको छ। बैठकको प्रारम्भमा शून्य समय अन्तर्गत प्रदेश सभा सदस्यहरूले विविध समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गरिरहेका छन्।
आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त प्रस्तावमा भएको छलफलपछि उठेका प्रश्नहरूको जवाफ पनि मन्त्री कार्कीले दिने तयारी गरिएको छ।
यसका साथै, मन्त्री कार्कीले प्रदेश आर्थिक ऐन, २०८१ को अनुसूची–२ मा भएको व्यवस्थासम्बन्धी हेरफेरको विवरण समेत सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण