आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकले ल्यायो क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधा

शुक्रबार, ०२ जेठ २०८२, १७ : १९
शुक्रबार, ०२ जेठ २०८२

काठमाडौँ ।  महालक्ष्मी विकास बैंकले ग्राहकहरूको वित्तीय आवश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरूलाई मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ । 

‘बाई ह्वाट यु लभ, पे हाउ यु लाइक’ भन्ने योजनामा ग्राहकहरूले महालक्ष्मी क्रेडिट कार्ड मार्फत आफूले खरिद गरेको सेवा वा वस्तुको मूल्यको भुक्तानी ३ महिना देखी १२ महिना सम्मको लचिलो अवधि रहने गरी मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्न सक्नेछन् ।

 नेपाल, भारत र भुटान भित्र जुनसुकै स्थानबाट जुनसुकै बिक्रेता, सप्लायर्स वा डिलरहरूबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकहरूले मासिक किस्ता मार्फत भुक्तानी गर्न सक्ने बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

 ग्राहकले आफूले खरिद गरेको बिल पेस गरे पश्चान महालक्ष्मी विकास बैंकले सहज रूपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिने प्रेस नोटमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप