महालक्ष्मी विकास बैंकले ल्यायो क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधा
काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूको वित्तीय आवश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरूलाई मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ ।
‘बाई ह्वाट यु लभ, पे हाउ यु लाइक’ भन्ने योजनामा ग्राहकहरूले महालक्ष्मी क्रेडिट कार्ड मार्फत आफूले खरिद गरेको सेवा वा वस्तुको मूल्यको भुक्तानी ३ महिना देखी १२ महिना सम्मको लचिलो अवधि रहने गरी मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्न सक्नेछन् ।
नेपाल, भारत र भुटान भित्र जुनसुकै स्थानबाट जुनसुकै बिक्रेता, सप्लायर्स वा डिलरहरूबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकहरूले मासिक किस्ता मार्फत भुक्तानी गर्न सक्ने बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
ग्राहकले आफूले खरिद गरेको बिल पेस गरे पश्चान महालक्ष्मी विकास बैंकले सहज रूपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिने प्रेस नोटमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण