शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

बजेट वितरण गर्दा तराई मधेसलाई विभेद गरियो : साह

शुक्रबार, ०२ जेठ २०८२, १७ : २४
शुक्रबार, ०२ जेठ २०८२

समाचार सारांश

  • आजपा अध्यक्ष प्रभु साहले बजेट वितरणमा तराई मधेसमा विभेद भएको आरोप लगाए।
  • उनले बजेट नेताहरूको निजी सम्पत्ति हो की नेपाली जनताको साझा सम्पत्ति हो भन्दै प्रश्न उठाए।
  • साहले समान बजेट वितरण नभएको र कतिपय वडामा बजेट नपुगेको तर मन्त्रीको वडामा धेरै बजेट गएको बताए।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ‘नेपालको बजेट नेताहरूको निजी सम्पत्ति हो की नेपाली जनताको साझा सम्पत्ति हो ?’ भन्दै प्रश्न उठाएका छन् । सरकारले बजेट वितरण गर्दा तराई मधेसलाई विभेद गरेको उनले आरोप लगाए । 

प्रतिनिधिसभाको आज (शुक्रबार) बसेको बैठकमा आगामी आर्थिक बर्ष २०८२÷८३का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक)को छलफलमा आजपा अध्यक्ष साहले बजेटको वितरण समान रूपमा सबै प्रदेश, क्षेत्र एवं पालिकामा नभएको बताए । हरेक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने एवं मानव विकाश सूचकांकमा पछाडि परेको तराई मधेसमा सरकारले बजेट वितरण गर्दा विभेदपूर्ण तरिकाले गरेको उनले बताए । 

उनले १६५ वटा संसदीय क्षेत्र, प्रदेश, पालिका, वडाहरूमा समान बजेटको वितरण सरकारले नगरेको तथ्याङ्क पेस गर्दै यस्तो किन भएको भन्दै प्रश्न उठाए । 

आजपा अध्यक्ष साहले नेपालमा सात सय ५३ वटा पालिका रहेको बताउँदै १८ खर्बलाई सात सय ५३ ले भागा गर्ने हो भने एउटा पालिकामा २ सय ४९ करोड पर्ने बताए । यदि एक वर्षमा यसरी विनियोजन बजेट पालिकामा जाने हो भने नेपालमा विकासको प्रवाह कसैले रोक्न नसक्ने उनले बताए । तर एउटा वडा जहाँ २६ करोडको बजेट पुग्दैन तर मन्त्रीको वडामा २६ अर्बको बजेट गइरहेको उनले बताए । त्यसैले बजेटको समान वितरण हुनुपर्ने अर्थमन्त्री विष्णु पौडेलको विशेष ध्यानाकर्षण साहले गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप