कपिलवस्तुमा अवैध उत्खनन् रोक्न माग गर्दै जनमोर्चाले बुझायो ज्ञापनपत्र

बुटवल । कपिलवस्तुको बाणगंगा नदीमा अवैध उत्खननको भएको भन्दै यसलाई तत्काल रोक्न माग गर्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलाई ज्ञापनपत्र बुझाएको छ ।
बाणगंगा नदीमा भएको अवैध उत्खनन र अन्धधुन्ध दोहनका कारण श्रृङ्घाट, प्रगतिचारमौजा सिँचाई आयोजना, लक्ष्मणघाट पुल, बाणगंगा सिँचाई आयोजना जस्ता प्रमुख संरचना जोखिममा परेको जनमोर्चाले जनाएको छ ।
त्यस्तै, सिँचाइका संरचनाहरू भत्किने अवस्थामा पुग्ने र स्थानीय कृषि प्रणालीलाई तहसनहस पारिरहेको ज्ञापनपत्र उल्लेख गरिएको छ।यस प्रकारको गैरकानुनी कार्य तत्काल बन्द गराउन र दोषीमाथि कडा कारबाही गर्न माग गर्दै आएको जिल्लाका अध्यक्ष राम प्रसाद बेल्वासेको हस्तलिखित ज्ञापन पत्रमा अगाडी भनिएको छ ।
हाल बाणगंगामा नदीजन्य पदार्थहरू चोरी, दोहन हुँदै गर्दा राज्यले तोकेको मापदण्ड खुलमखुल्ला उल्लङ्घन भइरहेको छ ।नगरपालिकाले तोकेको सीमाभन्दा गुणा बढी ढुङ्गा, बालुवा लगायतका स्रोत निकासी भइरहेको र नाप जाँचविना क्रसर उद्योगमा सामग्री ढुवानी भइरहेको अवस्थामा पनि स्थानीय सरकार, जिल्ला समन्वय समिति र सुरक्षा निकाय मौन जनाएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तामाङले राष्ट्रिय जनमोर्चाले महत्त्वपूर्ण विषय उठान गरेको भन्दै सबै नगरपालिकाहरूलाई बोधार्थ पठाएको अवैध क्षेत्रहरूमा कडा निगरानी हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासनको एक्सनः तीन ठाउँबाहेक राजावादीलाई अन्य स्थानमा प्रदर्शन गर्न रोक
-
‘एउटा राष्ट्रवादी र विचारको अन्त्य’
-
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
-
त्रिविमा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद चर्किंदै
-
अध्यक्ष थापालगायतलाई तुरुन्त रिहा नगरे कडा आन्दोलन चर्काउने राप्रपा नेपालको चेतावनी
-
सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ गएकाे प्रमाणित भयाे : नवराज सुवेदी