संसद्का मर्यादापालकलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सांसद लामाको ध्यानाकर्षण
सारांश
- सांसद विना लामाले मर्यादापालकहरूको लागि पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।
- सदन सञ्चालनमा खटिने मर्यादापालकहरू बिहान ७ बजेदेखि बेलुकासम्म सांसदको सुरक्षामा खटिन्छन् तर खाजा र भत्ताको व्यवस्था छैन।
- सांसद लामाले मर्यादापालकहरूको समस्या सुनुवाइ गर्न र उनीहरूलाई पोषणयुक्त खानाको व्यवस्था गर्न माग गरिन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले संसद्मा काम गर्ने मर्यादापालकहरूलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै लामाले सदन सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मर्यादापालकहरू बिहान ७ बजेदेखि बेलुकासम्म सांसदहरूको सुरक्षाका लागि बस्ने गरे पनि सरकारले खाजा र भत्ताको व्यवस्था नगरेको गुनासो गरेकी हुन् ।
उनले भनिन्, ‘यहीँ उभिइरहनुभएका मर्यादापालकहरूको समस्या सुनुवाइ गरोस् । सदन सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मर्यादापालकहरू बिहान ७ बजेदेखि बेलुकासम्म हाम्रो सुरक्षाको निम्ति खटिरहनु हुन्छ । तर उहाँहरू न आवाज बनेर आफ्नो आवाज बुलन्द पार्न सक्नुहुन्छ, न आन्दोलनमा जान नै सक्नुहुन्छ । तर सरकारले उहाँहरूलाई खाजा र भत्ताको व्यवस्था गरेको छैन । आन्दोलन नगरी सुरक्षा दिइरहनुभएका उहाँहरूलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण