हिमताल फुटेर आएको बाढीबाट प्रभावित गाउँमा ६ दिनपछि राहत सामग्री पठाइयो

समाचार सारांश
- हुम्लाको नाम्खा गाउँपालिका-६, तिलगाउँमा हिमताल फुटेर आएको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा ६ दिनपछि राहत सामग्री पठाइएको छ।
- जिल्ला विपद् व्यवस्थापन समितिले १० क्वीन्टल चामल, लगायतका राहत सामग्री पठाएको छ। बाढीपहिरोले बिजुली, खानेपानी लगायतका पूर्वाधारमा क्षति पुर्याएको छ।
हुम्ला । हिमताल फुटेर आएको बाढी र पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँमा ६ दिनपछि बुधाबर राहत सामग्री पठाइएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन ब्यवस्थापन समितिबाट चामल लगायतका राहत सामग्रीहरु पठाइएको रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार १० क्वीन्टल चामल, १०० लिटर तिल, दुई क्वीन्टल नुन, दुई क्वीन्टल नै चिनी, ३० क्वीन्टल मैदा, १‘१ क्वीन्टल भुजा, चिउरा, १० पोकेट चिया पठाइएको छ। यस्तै आलु, सागसब्जी, साबुनदेखि औषधीहरु पठाइएको उनले बताए। चारवटा त्रिपाल र १० बाख्रा सिमेन्ट पनि पठाइएको छ । ‘सिमीकोटबाट हामीले गाडीमा सामान पठाएको हो, यतिवेलासम्म पुगिसक्यो होला,’ उनले भने ।
तिलगाउँमा बाढी र पहिरोका कारण १८ वटा घरधुरी प्रभावित छन्। गाउँ नजिक पहिरो पुग्दा बस्ती नै जोखिममा परेकाले तिलगाउँवासी खोलापारी फाँटमा बसिरहेका छन् । बाढी र पहिरोले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसा लगायत सार्वजनिक पूर्वाधारमा क्षति भएपछि तिलगाउँवासीको आवत–जावत र दैनिक जीवन कष्टकर बनेको छ। यद्यपि अहिलेसम्म बाढीले बस्ती जोखिममा पारेको र भौगर्भिक अध्ययन हुन सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरबाट लागु औषधसहित युवक पक्राउ
-
व्यावसायिक सुन्तला खेतीमा जुट्दै भोजपुर पालुवाका किसान
-
पर्दा पछाडिको उज्यालो : फिल्म हलमा युवा रोजगारी
-
सुनको मूल्य थप बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
इजरायल–इरान युद्धले कमोडिटितिर सोझियो लगानी, विश्वभरको शेयर बजार घट्दो
-
‘क्यूएफएक्सको जागिर आकर्षक लाग्यो, धेरै सुविधा भएकाले रोजेँ’