फ्लिकको करार २०२७ सम्म थप
सारांश
- बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिकसँगको सम्झौता जुन २०२७ सम्म थप गरेको छ।
- फ्लिकले पहिलो सिजनमै ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जितेका छन्।
- फ्लिकले बायर्न म्युनिखलाई ट्रेबल दिलाएका थिए र उनी जाभीको स्थानमा बार्सिलोना आएका हुन्।
क्याम्प नाउ । बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिकको करार जुन २०२७ सम्मका लागि थप गरेको छ। जर्मन प्रशिक्षक फ्लिकलाई सुरुवातमा मे २०२४ मा दुई वर्षका लागि नियुक्त गरिएको थियो। तर, पहिलो सिजनमै तीन उपाधि जिताएपछि उनले आफ्नो करार थप गरेका हुन्।
फ्लिकको नेतृत्वमा बार्सिलोनाले यस सिजन ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जितेको छ। यद्यपि टोली च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानसँग पराजित भएको थियो।
‘हान्सी फ्लिकले पहिलो सिजनमै बार्साका समर्थकहरूलाई धेरै कारणले खुसी बनाएका छन्- टोलीमा विश्वास जगाएकोमा, रोमाञ्चक कमब्याकहरू गराएकोमा र उपाधिहरू जिताएकोमा,’ क्लबले एक वक्तव्यमा उल्लेख गरेको छ, ‘पहिलो वर्षमै जर्मन प्रशिक्षकले क्लबमा जुन उत्साह ल्याएका छन्, त्यसले बार्सिलोनालाई फेरि एकपटक युरोपमा डरलाग्दो प्रतिद्वन्द्वी बनाइदिएको छ।’
फ्लिकले यसअघि बायर्न म्युनिखलाई सन् २०२० मा बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग जिताउँदै ट्रेबल दिलाएका थिए। ६० वर्षीय फ्लिक त्यसपछि जर्मनीको राष्ट्रिय टोलीको प्रशिक्षक बनेका थिए, तर सेप्टेम्बर २०२३ मा उनलाई बर्खास्त गरिएपछि उनले बार्सिलोनामा जाभीको स्थान लिएका थिए।
‘हान्सी फ्लिकले बार्सिलोनामा इतिहास रचिरहेका छन् । हामी निश्चित छौँ, यो सफल यात्रा आगामी सिजनहरूमा पनि जारी रहनेछ,’ स्पेनिस च्याम्पियनले थप भनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण