रुकुम पश्चिममा करेन्ट लागेर कर्मचारीको मृत्यु
शुक्रबार, ०९ जेठ २०८२, १२ : ४९

समाचार सारांश
- रुकुम पश्चिममा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।
- मृत्यु हुनेमा रुकुम पूर्वका २९ वर्षीय खिमबहादुर खड्का रहेका छन्, जो प्राधिकरणको रुकुमकोट वितरण केन्द्रमा कार्यरत थिए।
- मुसिकोट नगरपालिकामा विद्युत् पोलमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
रुकुम । रुकुम पश्चिममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका—३ का २९ वर्षीय खिमबहादुर खड्का रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।
उनी नेपाल विद्युत् प्राधिकरण रुकुमकोट वितरण केन्द्रमा कार्यरत थिए । बिहीबार राति १० बजेतिर मुसिकोट नगरपालिका—४, बोहोरागाउँस्थित विद्युत् पोलको काम गर्न गएका थिए ।
त्यही वेलामा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्यूएफएक्सको जागिर आकर्षक लाग्यो, धेरै सुविधा भएकाले रोजेँ’
-
बयानका लागि सहसचिव भट्टराई अख्तियारमा
-
लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार
-
औद्योगिक घरानाहरूलाई फिल्म हलमा आकर्षित गराएर रोजगारी बढाउनुपर्छ
-
रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने
-
बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ : विराजभक्त श्रेष्ठ