आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन् : उपसभापति वाग्ले

शनिबार, १० जेठ २०८२, २१ : २९
शनिबार, १० जेठ २०८२

समाचार सारांश

  • रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्चको निर्णयलाई स्वीकार गर्दै रविको न्यायका लागि कानुनी र राजनीतिक लडाइँ लड्ने बताए।
  • उनले पार्टी आगामी दिनमा नयाँ रणनीति बनाउने र आइतबार केन्द्रीय समितिको बैठक बोलाएर संसद् र सभामा कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गर्ने बताए।
  • उपसभापति वाग्लेले रवि लामिछाने नै पार्टीको सभापति रहेको र उनलाई नै बहुमतले प्रधानमन्त्री बनाउने बताए।

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्चको निर्णयलाई मान्दै सभापति रवि लामिछानेको न्यायका निम्ति कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् । 

आज चितवनको कालिका नगरपालिकाको प्रथम अधिवेशन उद्घाटन समारोहमा उनले न्यायका लागि कानुनी र राजनीतिक लडाइँमा एकजुट भएर लाग्ने बताए । ‘हिजो सर्वोच्चबाट अप्रिय निर्णय आएको छ, हामी धैर्य धारण गरेर शक्ति आर्जन गर्दै अगाडि बढ्नुपर्छ’, उनले भने, ‘विधिको शासनमा विश्वास गर्ने भएकाले अमर्यादित टीकाटिप्पणी नगरी राजनीतिक रूपमा लडाइँको मैदानमा अगाडि बढ्ने सङ्कल्प गर्छौँ ।’

उपसभापति वाग्लेले सभापति लामिछानेको मुद्दा राजनीतिक भएको जिकिर गर्दै आगामी दिनमा पार्टीले नयाँ रणनीति बनाएर अघि बढ्ने बताए । ‘केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । संसद् र सभाहरूमा कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गरेर विधिवत् रूपमा अगाडि बढ्छौँ’, उनले भने । 

उपसभापति वाग्लेले अब पनि पार्टीको सभापति रवि लामिछाने नै भएको बताउँदै आगामी दिनमा बहुमत ल्याएर उनलाई नै प्रधानमन्त्री बनाउने सङ्कल्प गरिएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप