आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

सामान्य प्रशासन मन्त्रालयमा  निजामती कर्मचारीहरूले धर्ना

आइतबार, ११ जेठ २०८२, ११ : ४९
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • निजामती कर्मचारीहरूले संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन्।
  • कर्मचारीहरूले सेवा अवधि घटाउनुपर्ने, समायोजनको अवसर दिनुपर्ने, र अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने माग राखेका छन्।
  • कर्मचारीहरूले विधेयकले मनोबल घटाउने भन्दै माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरूले आइतबार सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन् ।

उनीहरूले सेवा अवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभई ५ वर्ष राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समायोजनका लागि छनौटको अवसर दिनुपर्ने लगायतका माग राखेका छन् । त्यस्तै स्थानीय  र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग रहेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले बताए । 

विधेयकले कर्मचारीको मनोबल घटाउने काम गर्ने भन्दै आफूहरूको माग मुद्दामा सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारीहरूले दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप