कांग्रेस बैठक
भिजिट भिसाका विषयमा गृहमन्त्रीले संसद्मा आफ्ना कुरा राख्नुहुन्छ : प्रवक्ता महत
सोमबार, १२ जेठ २०८२, ११ : ५२
सारांश
- नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे संसदमा कुरा राख्ने बताएको छ।
- पार्टी बैठकले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा निर्दोष रहेको निष्कर्ष निकाल्यो।
- प्रवक्ता डा. प्रकाशशरण महतले संसदमा आरोपबारे स्पष्ट पार्न निर्देशन दिएको जानकारी दिए।
काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसाका विषयमा गृहमन्त्री रमेश लेखकले संसद्मा आफ्ना कुरा राख्ने बताएको छ । सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले सो कुराको जानकारी दिएका हुन् ।
भिजिट भिसामा सेटिङ भएको विषयमा पार्टी नेता तथा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको समेत उनले बताए । गृहमन्त्री लेखकको बयान सुनेपछि बैठक उनी यो प्रकरणमा संलग्न नभएको निष्कर्ष निकालेको बताउँदै उनले संसद्मा र संसद् बाहिर आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न निर्देशन दिइएको समेत बताए ।
कांग्रेसले गृहमन्त्री लेखकलाई ‘संसद्भित्र र संसदबाहिर आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न हामीले निर्देशन दिएका छौँ’ प्रवक्ता महतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण