सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
कांग्रेस बैठक

भिजिट भिसाका विषयमा गृहमन्त्रीले संसद्‌मा आफ्ना कुरा राख्नुहुन्छ : प्रवक्ता महत

सोमबार, १२ जेठ २०८२, ११ : ५२
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे संसदमा कुरा राख्ने बताएको छ।
  • पार्टी बैठकले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा निर्दोष रहेको निष्कर्ष निकाल्यो।
  • प्रवक्ता डा. प्रकाशशरण महतले संसदमा आरोपबारे स्पष्ट पार्न निर्देशन दिएको जानकारी दिए।

काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसाका विषयमा गृहमन्त्री रमेश लेखकले संसद्‌मा आफ्ना कुरा राख्ने बताएको छ ।  सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले सो कुराको जानकारी दिएका हुन् । 

भिजिट भिसामा सेटिङ भएको विषयमा पार्टी नेता तथा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको समेत उनले बताए । गृहमन्त्री लेखकको बयान सुनेपछि बैठक उनी यो प्रकरणमा संलग्न नभएको निष्कर्ष निकालेको बताउँदै उनले संसद्मा र संसद् बाहिर आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न निर्देशन दिइएको समेत बताए । 

कांग्रेसले गृहमन्त्री लेखकलाई  ‘संसद्‌भित्र र संसदबाहिर आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न हामीले निर्देशन दिएका छौँ’ प्रवक्ता महतले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप