व्यवसायीहरूले बैङ्कसँगै ऋण र व्यापार पनि आफैँ गरे भन्ने कुरा गलत हो : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरूले बैङ्क चलाएर त्यही बैङ्कबाट ऋण लिएर व्यापार गरे भन्नु गलत भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्क तथा वित्तीय संस्थासँग सम्बन्धित विधेयक माथिको छलफलमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
उनले उद्योगी व्यवसायीहरूले बैङ्क चलाएर बैङ्कबाट आफैँ ऋण लिएर व्यापार नगरेको दाबी गरे । उनले व्यवसायीहरूले बैङ्क पनि ऋण र व्यापार पनि आफैँ गरे भन्ने सिर्जना भएको भाष्य गलत भएको उल्लेख गरे । उनले आफ्नो बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर चलाउने गरेको अवस्था धेरै कम रहेको उल्लेख गरे ।
उनले अहिले रहेको व्यवस्था नै ठिक रहेको बताए । उनले विद्यमान कानुनमा परिवर्तन गर्न आवश्यक नभएको बताए । उनले बाफिया विधेयकमा १ प्रतिशतभन्दा बढी सेयर लगानी भएका प्रमोटर सेयरवालाले बैङ्कबाट ऋण लिन नपाउने व्यवस्था रहेको भन्दै जस्ताको जस्तै पारित भएर डिजास्टर हुने बताए । उनले विधेयकमा सम्बन्ध व्यक्तिहरूको विषयमा गरिएको परिभाषाले ठुलो सङ्कट ल्याउने बताए ।
उनले भने, ‘त्यसको असर के पर्छ भनेर समेत हेरिएको छैन । विधेयकमा सम्बन्ध व्यक्तिका विषयमा गरिएको परिभाषाले अधिकांश उद्योगहरू बन्द हुन्छ । व्यवसायी गतिविधि र रोजगारी सिर्जनामा पनि ब्रेक लाग्ने भएकाले विधेयकमा यस्तो व्यवस्था राख्न हुँदैन । विधेयकमा बैङ्कमा १ प्रतिशत भन्दा बढी सेयर हुने सेयर धनीले बैङ्कबाट ऋण लिन नपाउने व्यवस्था गरिएको छ ।’
अध्यक्ष ढकालले सरकारले आगामी दिनमा राजश्व बढाउने र रोजगारी सिर्जना गर्ने योजना सफल हुन नसक्ने बताए । उनले बाफियामा व्यवस्था भएको जस्तै व्यवस्था गरियो भने त्यसको रिजल्ट राम्रो नहुने बताए । उनले भने,‘ विधेयकमा यो व्यवस्था राख्नु हुँदैन । मैले आफू बैंकर भएकाले भनेको होइन । समग्र निजी क्षेत्रमा समस्या आउँछ ।’
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले १ प्रतिशत भन्दा बढी बैङ्कमा सेयर लगानी भएका व्यवसायीहरूले कुनै पनि बैङ्कबाट ऋण लिन नपाउने व्यवस्थाले मुलुकको अर्थतन्त्रमा ठुलो डिजास्टर नै हुने दाबी गरे ।
उनले राष्ट्र बैङ्कले पछाडि हुने असर नसोची चालू पुँजीकर्जा नीति ल्याउँदा अहिलेको अवस्था आएको भन्दै विधेयकमा गरिएको यो व्यवस्थाले ठुलो समस्या निम्त्याउने उल्लेख गरे । उनले भने,‘ अर्थसमितिले यो व्यवस्थालाई जसरी हुन्छ । हटाएर मात्रै विधेयक पास गर्नुपर्छ । बैंकर होइन तर यथार्थ कुरा भनेको हो ।’
उनले बैङ्कको प्रमोटरले सेयर बिक्री गर्ने विषय धेरै गार्हो रहेको बताए । वरिष्ठ उपाध्यक्ष मल्हाेत्रा राम्रो बैङ्कको सेयर पनि धेरै कममा खोज्ने गरेको बताए । बिस्तारै बैङ्कहरूको प्रमोटरको सेयरलाई पनि पब्लिक सेयरमा बेच्ने बाटो खुला गर्नु आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो
-
गणतन्त्र दिवसका दिन अभिनेत्री मनीषा कोइराला लेख्छिन्-‘संवैधानिक राजतन्त्र आवश्यक छ’
-
संसद् बैठक बस्नुअघि रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्दै
-
फाइनल प्रवेशको लक्ष्यसहित प्ले–अफ चरणमा पहिलो पटक भिड्दै पन्जाब र बेंगलुरु
-
लस एन्जलसको ‘हाउस अफ ब्लुज’ मा गुन्जियो नेपथ्यको लोक रक
-
‘निजी क्षेत्रको मनोबल बढाउने गरी आउँदै छ उद्योग मन्त्रालयको बजेट’