मापदण्ड पूरा नगरी तालिम दिने संस्थालाई कारबाही गर्ने चेतावनी
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अनिवार्य रूपमा अभिमुखीकरण तालिम दिन वैदेशिक रोजगार विभागले तालिम प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।
तालिम नदिएको गुनासो आइरहेको भन्दै विभागले एक सूचना जारी गर्दै त्यस्तो नगरेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको हो । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम दर्ता भएका संस्थाहरूले मापदण्ड पूरा नगरी तालिम सञ्चालन गरिरहेको गुनासो आएको विभागले जनाएको छ ।
जसले गर्दा वैदेशिक रोजगारीमा जाने कामदारहरू पर्याप्त मात्रामा सुसूचित हुन नसकेकोले सुरक्षित र मर्यादित रूपमा वैदेशिक रोजगारीको व्यवस्थापन नभएको गुनासो आउने गरेको विभागले जनाएको छ ।
त्यस्ता संस्थाहरूले वैदेशिक रोजगारमा जाने कामदारको लागि अभिमुखीकरण तालिम सञ्चालन गर्दा सबै प्रशिक्षार्थीहरू सबै सेसनमा अनिवार्य रूपमा उपस्थित भए/नभएको, तालिमको लागि आवश्यक पर्ने न्यूनतम भौतिक एवं अन्य स्रोतसाधन भए/नभएको सम्बन्धमा विभागले अनुगमन गर्ने जनाएको छ ।
नियमित एवं आकस्मिक रूपमा अनुगमन हुने र सो क्रममा मापदण्ड पूरा नभएको पाइएमा कार्यविधि बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । अनुगमन गर्दा कार्यविधिको दफा २० बमोजिम अनुसूची–११ को चेक लिष्ट प्रयोग हुने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण