मापदण्ड पूरा नगरी तालिम दिने संस्थालाई कारबाही गर्ने चेतावनी

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अनिवार्य रूपमा अभिमुखीकरण तालिम दिन वैदेशिक रोजगार विभागले तालिम प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।
तालिम नदिएको गुनासो आइरहेको भन्दै विभागले एक सूचना जारी गर्दै त्यस्तो नगरेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको हो । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम दर्ता भएका संस्थाहरूले मापदण्ड पूरा नगरी तालिम सञ्चालन गरिरहेको गुनासो आएको विभागले जनाएको छ ।
जसले गर्दा वैदेशिक रोजगारीमा जाने कामदारहरू पर्याप्त मात्रामा सुसूचित हुन नसकेकोले सुरक्षित र मर्यादित रूपमा वैदेशिक रोजगारीको व्यवस्थापन नभएको गुनासो आउने गरेको विभागले जनाएको छ ।
त्यस्ता संस्थाहरूले वैदेशिक रोजगारमा जाने कामदारको लागि अभिमुखीकरण तालिम सञ्चालन गर्दा सबै प्रशिक्षार्थीहरू सबै सेसनमा अनिवार्य रूपमा उपस्थित भए/नभएको, तालिमको लागि आवश्यक पर्ने न्यूनतम भौतिक एवं अन्य स्रोतसाधन भए/नभएको सम्बन्धमा विभागले अनुगमन गर्ने जनाएको छ ।
नियमित एवं आकस्मिक रूपमा अनुगमन हुने र सो क्रममा मापदण्ड पूरा नभएको पाइएमा कार्यविधि बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । अनुगमन गर्दा कार्यविधिको दफा २० बमोजिम अनुसूची–११ को चेक लिष्ट प्रयोग हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा प्याट्रिक डि विल्ड नियुक्त
-
संसद् अवरोध हटाउनेबारे कांग्रेस–रास्वपाबिचको छलफल निष्कर्षविहीन
-
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल
-
लगातार तेस्रो दिन पनि घट्यो नेप्से, ७ अर्ब ९७ करोडको कारोबार
-
माधव नेपाल विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादी पार्टीले भन्यो - कानुनी लडाईं लड्छाैँ
-
राजनीतिक प्रतिवाद र कानुनी लडाइँ लड्छौँ : बेदुराम भुसाल