लिग चरणको अन्तिम खेलअघि आरसीबीलाई खुसीको खबर
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) यसअघि नै प्ले–अफ चरणमा पुगिसकेको छ । जारी आईपीएलमा बेंगलुरुले अझै एक खेल खेल्न बाँकी छ । बेंगलुरुले आफ्नो अन्तिम खेल मंगलबार लखनउ सुपर जायन्ट्ससँग खेल्नेछ ।
आफ्नो अन्तिम खेलअघि बेंगलुरुले समर्थकहरुबाट एउटा गतिलो उपहार पाएको छ । खासमा, बेंगलुरु सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएको क्लब बन्न पुगेको छ । इन्स्टाग्राममा बेंगलुरुको फलोअर्स सँख्या २० मिलिडयन अर्थात दुई करोड पुगेको समाचारमा जनाइएको छ ।
बेंगलुरुले आईपीएलमा सधें उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर, बेंगलुरुले हालसम्म एकपटक पनि आईपीएलको उपाधि जित्न सकेको छैन । बेंगलुरु आईपीएलमा तीन पटक फाइनलमा पुगेर पराजित भएको छ ।
बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो । सन् २०११ को फाइनलमा बेंगलुरुलाई चेन्नईले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो ।
यसपटक भने बेंगलुरु उपाधि जित्ने अभियानमा निकै बलियो देखिएको छ । त्यसैले पनि बेंगलुरुका समर्थकहरु उत्साही देखिएका छन् । इन्स्टाग्राममा अप्रत्यासित रुपमा फलोअर्स सँख्या बढ्नुको कारण पनि यही हो ।
यसका अतिरिक्त, विराट कोहलीजस्ता प्रभावशाली खेलाडीको संलग्नताले पनि क्लबको लोकप्रियता बढाउन मद्दत पुर्याएको हो । इन्स्टाग्राममा दोस्रो बढी फलोअर भएको क्लब चेन्नई सुपर किङ्स हो । चेन्नईको फलोअर एक करोड ८६ लाख छ ।
यो सूचिमा तेस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सको फलोअर एक करोड ८० लाख रहेको छ । मुम्बई सर्वाधिक पाँच पटकको आईपीएल विजेता क्लब हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण